काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशको हुम्ला जिल्लामा रहेको शैक्षिक संस्थालाई सहयोग प्रदान गरेको छ।
बैंकले अदानचुली गाउँपालिका–३ मा अवस्थित श्री छत्रपाल आधारभूत विद्यालय का २०५ जना विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेको हो।
सरकेगाड शाखामार्फत विद्यालय परिसरमै आयोजित एक कार्यक्रममा उक्त सामग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ। विकट हिमाली क्षेत्रमा अवस्थित यस विद्यालयले लामो समयदेखि स्थानीय बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको छ।
बैंकका अनुसार यो सहयोगले विद्यार्थीहरूलाई खेलकुद, शारीरिक अभ्यास तथा दैनिक विद्यालय गतिविधिमा सहज र न्यानो पोशाक उपलब्ध गराउने उद्देश्य राखिएको छ। उच्च हिमाली क्षेत्रको चिसो मौसमका कारण नियमित विद्यालय उपस्थिति र शारीरिक स्वास्थ्यमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ।
बैंकले भविष्यमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, संस्कृति र आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता जनाएको छ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड पछिल्लो समय डिजिटल बैंकिङ सेवामा पनि अग्रणी रहँदै आएको छ। बैंकले “बैंक अफ द इयर २०२४ र २०२५” को उपाधि प्राप्त गरेको थियो।
यसका प्रमुख सेवाहरूमा सिटिजन्स डिजी बैंक, फ्रीलान्सर सेभिङ खाता, जेन–जी सेभिङ खाता तथा फोनपे सहकार्यमा सुरु गरिएको नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड रहेको छ।
हाल बैंकले देशभर २०० शाखा, १६९ एटीएम, ३ एक्सटेन्सन काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत ६१ जिल्लामा २० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।
बैंकले यस्तो कार्यक्रमले ग्रामीण तथा दुर्गम क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूको आत्मविश्वास र सहजतालाई बढाउने विश्वास व्यक्त गरेको छ।
