काठमाडौं । दराज नेपाल ले नयाँ वर्ष २०८३ को अवसर पारेर ‘४.४ नव वर्ष उत्सव’ सार्वजनिक गरेको छ। कम्पनीले ७५ प्रतिशतसम्म छुट, निःशुल्क होम डेलिभरी र करिब ८३ लाख रुपैयाँ बराबरका भौचरहरू सहित विशेष अफर ल्याएको हो।
यो सेल अप्रिल ३ (चैत २०) बेलुका ८ बजेदेखि सुरु भई अप्रिल १० (चैत २७) सम्म सञ्चालन हुनेछ। दराजका अनुसार एक सातासम्म चल्ने यस किनमेल महोत्सवले ग्राहकहरूलाई उत्साहपूर्ण र किफायती किनमेल अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
अभियान अवधिभर ग्राहकहरूले विभिन्न क्याटेगरीका सामानमा दैनिक फ्ल्यास सेलमार्फत विशेष छुट पाउनेछन्। प्लाटिनम पार्टनर ब्रान्डहरूबाट ६० प्रतिशतसम्म, गोल्ड पार्टनरहरूबाट ६० प्रतिशतसम्म तथा सिल्भर पार्टनरहरूबाट ६५ प्रतिशतसम्म छुट उपलब्ध हुने जनाइएको छ।
किनमेललाई अझ सहज बनाउन दराजले नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी बैंक र नेपाल बैंक सँग सहकार्य गरेको छ। यी बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत (अधिकतम रु. ७५०) र डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत (अधिकतम रु. ५००) छुट पाउनेछन्। साथै ईसेवा र खल्ती प्रयोगकर्ताहरूका लागि ‘रश आवर’ अफर पनि उपलब्ध हुनेछ।
यसका अतिरिक्त, ग्राहकहरूले दैनिक रु. ४४, रु. ४४४, रु. १,४४४ र रु. २,४४४ का विशेष डिलहरू प्राप्त गर्न सक्नेछन् भने नयाँ वर्षको अवसरमा रु. २,०८३ का विशेष अफरहरू पनि राखिएको छ।
उत्सवलाई अझ आकर्षक बनाउन दराजले लक्की ड्रमार्फत विभिन्न उपहारहरूको व्यवस्था गरेको छ। न्यूनतम रु. ५,००० बराबरको खरिद गरी भुक्तानी गरेपछि ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुनेछन्। मुख्य पुरस्कारस्वरूप करिब रु. १ लाख ८० हजार बराबरका १५ वटा साना होम अप्लायन्सहरू सहितको प्रिमियम बन्डल जित्ने अवसर हुनेछ।
यसका साथै स्मार्टफोन, एक्सरसाइज साइकल, डिस्प्ले र्याक, हेल्मेट लगायतका अन्य आकर्षक उपहारहरू पनि राखिएको कम्पनीले जनाएको छ।
दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरका अनुसार ४.४ सेलले डिजिटल व्यापार प्रणाली सुदृढ बनाउने प्रतिबद्धता झल्काउनेछ। उनले सशक्त ब्रान्ड साझेदारी, आकर्षक भुक्तानी अफर र रोमाञ्चक उपहारमार्फत ग्राहकलाई उत्कृष्ट किनमेल अनुभव प्रदान गर्ने लक्ष्य रहेको बताए।
