माइलेज क्रान्ति घोषणा

काठमाडौं । बढ्दो अन्तर्राष्ट्रिय इन्धन मूल्यबीच नेपालमा यामाहा नेपाल ले नयाँ अभियान सार्वजनिक गरेको छ। कम्पनीले “अब म ७१.३३ किलोमिटर प्रति लिटर” नामक अभियानमार्फत आफ्नो हाइब्रिड प्रविधियुक्त स्कुटरलाई नयाँ ढंगले प्रस्तुत गरेको हो।

कम्पनीका अनुसार यो अभियान नेपालमा यामाहाको हाइब्रिड प्रविधि स्थापित भएको उत्सव पनि हो। देशकै एकमात्र हाइब्रिड इन्जिन स्कुटर मानिने Yamaha RayZR 125-FI Hybrid अब केवल विकल्प नभई दैनिक यात्रुका लागि समाधानका रूपमा स्थापित हुँदै गएको दाबी गरिएको छ।

इन्धन मूल्य निरन्तर बढ्दै जाँदा एक लिटर पेट्रोलले यात्रा मात्र होइन, जीवनयापनका अन्य खर्चमा पनि प्रभाव पार्ने अवस्था आएको भन्दै कम्पनीले माइलेजलाई आर्थिक राहतसँग जोडेको छ।

कम्पनीका अनुसार सामान्य १२५ सीसी स्कुटरले औसत ४० देखि ४५ किलोमिटर प्रतिलिटर माइलेज दिने अवस्थामा RayZR हाइब्रिडले ७१.३३ किलोमिटर प्रतिलिटर माइलेज दिन सक्षम छ, जसले झण्डै ४० प्रतिशत बढी इन्धन बचत गराउँछ।

दीर्घकालीन हिसाबले यो स्कुटर प्रयोगकर्ताले वर्षौंमा हजारौं रुपैयाँ बचत गर्न सक्ने र तीन वर्षभित्र इन्धन बचतबाट एक लाख रुपैयाँभन्दा बढीको मूल्य फिर्ता हुने कम्पनीको दाबी छ।

यामाहाका अनुसार यस स्कुटरमा रहेको Smart Motor Generator (SMG) ले आवश्यक समयमा अतिरिक्त पावर उपलब्ध गराउने सुविधा दिन्छ, जसले सुरुवाती गति र उकालो यात्रामा सहजता प्रदान गर्छ।

त्यसैगरी ९९ किलोग्राम मात्र तौल भएको यो स्कुटर सहरको भीडभाड र साँघुरा बाटोमा चलाउन सहज हुने बताइएको छ। Fuel Injection (FI) प्रणाली र Stop & Start प्रविधिले ट्राफिकमा इन्धन खेर जान नदिने कम्पनीको भनाइ छ।

कम्पनीले थप आकर्षणका रूपमा आगामी चैत १, २०८२ देखि RayZR हाइब्रिड खरिद गर्ने ग्राहकलाई ५ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा दिने घोषणा पनि गरेको छ।

यामाहा नेपाल का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालका अनुसार यो अभियान सन्तुष्ट ग्राहकहरूको अनुभवमा आधारित हो। उनले इन्धन बचतसँगै मर्मत खर्च पनि घटाउने लक्ष्य रहेको बताए।

RayZR 125-FI हाइब्रिडमा Y-Connect ब्लुटुथ, साइड स्ट्यान्ड इन्जिन कट-अफ सुरक्षा र २१ लिटर अन्डर सिट स्टोरेजजस्ता सुविधा रहेका छन्।

कम्पनीले यसलाई प्रविधि, शैली र इन्धन बचतको समिश्रण भएको आधुनिक सहरी सवारी साधनका रूपमा प्रस्तुत गरेको छ।