सुन स्थिर, चाँदीमा उत्साहजनक वृद्धि

  • Clock icon
    २०८२ चैत्र २०, शुक्रबार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ । यससँगै पछिल्लो केही दिनदेखि सुनको मूल्य स्थिर अवस्थामै रहेको देखिएको छ ।

यता, चाँदीको मूल्यमा भने आज उल्लेख्य सुधार आएको छ । बिहीबार प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

  • Clock icon
    २०८२ चैत्र २०, शुक्रबार