काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा पछिल्लो समय दिपल एस०५ को प्रवेशले उल्लेखनीय उत्साह सिर्जना गरेको छ । गएको अगस्टमा नाडा अटो सोभन्दा केही दिनअघि नेपालमा सार्वजनिक भएको यो इभीले छोटो समयमै बजारमा ठूलो ध्यान तानेको छ ।
लक्जरी, स्टाइल र आधुनिक प्रविधिको संयोजन खोजिरहेका नेपाली ग्राहकलाई लक्षित गर्दै ल्याइएको दिपल एस०५ ले सुरुवातदेखि नै उच्च माग कायम राखेको छ । बजारमा आएको प्रत्येक युनिटले तत्कालै ग्राहक पाएको र अहिले पनि लामो वेटिङ लिस्ट रहेको बताइएको छ ।
यस मोडेलले अन्तर्राष्ट्रिय स्तरको आईएफ इन्टरनेशनल डिजाइन अवार्ड २०२५ समेत प्राप्त गरेको छ । शार्क नोज फ्रन्ट डिजाइन, एभिएसन प्रेरित हेडल्याम्प, फ्रेमलेस डोर र फ्लस ह्यान्डलजस्ता डिजाइन विशेषताले यसलाई प्रिमियम लुक प्रदान गरेको छ ।
प्रदर्शन पक्षमा पनि दिपल एस०५ उत्कृष्ट मानिएको छ । ०.२५८ सिडी ड्र्याग कोएफिसियन्टले यसको एरोडाइनामिक्सलाई मजबुत बनाएको छ । साथै, १२६० वाटको १४ स्पिकर स्काई सराउन्ड साउन्ड सिस्टम, एम्बियेन्ट लाइटिङ र क्विन कोपाइलट सिटले यात्रालाई थप आरामदायी बनाएको छ ।
प्रविधि सुविधामा अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, रिमोट इन एन्ड आउट पार्किङ, एडास २.० सहित १९ सुरक्षा फिचर र १६० लिटरको ठूलो फ्रंक यसको प्रमुख आकर्षण हुन् ।
यसमा प्रयोग भएको सिएटिएल गोल्डेनशिल्ड ब्याट्री २.० ले ५००० चार्ज साइकल सपोर्ट गर्छ र मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने क्षमता रहेको छ ।
सेलिब्रेटी तथा प्रभावशाली व्यक्तिहरूको रोजाइमा समेत पर्न थालेको दिपल एस०५ लाई नेपाली अटोमोबाइल बजारको नयाँ “सनसनी” मानिएको छ ।
