काठमाडौँ । युनिलिभर नेपाल अन्तर्गतको भासेलिनले आफ्नो विश्वव्यापी रूपमा लोकप्रिय उत्पादन Vaseline Gluta-Hya नेपाली बजारमा “ShowStopper Skin” नामक अनौठो प्रत्यक्ष कार्यक्रममार्फत सार्वजनिक गरेको छ । परम्परागत विज्ञापन शैलीभन्दा फरक ढंगले प्रस्तुत गरिएको यो अभियान जिज्ञासा र उपभोक्ता संलग्नता बढाउने उद्देश्यले आयोजना गरिएको हो ।
कार्यक्रम अन्तर्गत कुनै पूर्व सूचना बिना व्यस्त सार्वजनिक स्थानहरूमा अचानक आकर्षक गुलाबी कार्पेट बिछ्याइएको थियो, जसले उपस्थित मानिसहरूको ध्यान तुरुन्तै खिचेको थियो । सामान्य वातावरणलाई दृश्यात्मक आकर्षणमा रूपान्तरण गर्दै दर्शकहरूलाई स्वतः सहभागी हुन प्रेरित गरिएको थियो । कार्यक्रममा कलाकारहरू अन्नपूर्णा शर्मा, कविता नेपाली र मलिका महत आत्मविश्वासका साथ कार्पेटमा हिँड्दै कार्यक्रमको केन्द्रबिन्दु बनेका थिए ।
युनिलिभर नेपालकी मार्केटिङ प्रमुख सुरभि गोस्वामी का अनुसार “ShowStopper Skin” अभियानको मूल सन्देश छालाप्रतिको आत्मविश्वासलाई केन्द्रमा राख्नु हो । उनले उत्पादनको क्लिनिकली प्रमाणित फर्मुलामार्फत स्वस्थ र चम्किलो छाला प्रस्तुत गर्ने लक्ष्य रहेको बताइन् ।
भासेलिन Gluta-Hya एक हल्का र छिटो अवशोषित हुने serum-in-lotion हो, जसमा GlutaGlow प्रविधि र Hyaluron समावेश छन् । यसले छालालाई उज्यालो, नमीपूर्ण र चिपचिपो नहुने अनुभव दिने तथा नियमित प्रयोगले छालाको रंग एकसमान बनाई दीर्घकालीन चमक प्रदान गर्ने कम्पनीको दाबी छ ।
यो अभियानले डिजिटल भीडभन्दा अलग पहिचान बनाउँदै प्रत्यक्ष अनुभवमार्फत ब्रान्ड र उपभोक्ताबीच भावनात्मक सम्बन्ध मजबुत बनाउने नयाँ मार्केटिङ दृष्टिकोण प्रस्तुत गरेको छ ।
