उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको उपाध्यक्षमा प्रेमहरि मैनाली बिजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश को ९औँ प्रदेश सभाबाट वस्तुगततर्फ उपाध्यक्ष पदमा प्रेमहरि मैनाली अत्यधिक मतसहित विजयी भएका छन्। निजी क्षेत्रका अनुभवी, सरल र मृदुभाषी व्यवसायीका रूपमा परिचित मैनालीको जितलाई व्यवसायी समुदायको विश्वासको परिणामका रूपमा लिइएको छ।

हाल नेपाल वितरक संघ का अध्यक्षसमेत रहेका मैनालीले आफ्नो कार्यकालमा वस्तुगत क्षेत्रका समस्या समाधान, व्यवसायमैत्री वातावरण निर्माण तथा नीतिगत सुधारका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनको नेतृत्वमा निजी क्षेत्रलाई थप सशक्त, व्यवस्थित र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।