रुपन्देहीस्थित पुरानो क्रिकेट संस्था लुम्बिनी खुकुरी क्लब ले पहिलोपटक टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।
२०२७ सालमा स्थापना भएको क्लबले स्थापनाको करिब साढे पाँच दशकपछि नेपाल र भारतका क्लबहरूको सहभागितामा प्रतियोगिता गर्न लागेको हो।
क्लबले बैशाख ८ देखि १५ गतेसम्म ‘खुकुरी टि ट्वान्टी कप क्रिकेट प्रतियोगिता २०८३’ आयोजना गर्ने तयारी गरेको छ। प्रतियोगिता सिद्धार्थ क्रिकेट रंगशाला, भैरहवा मा सञ्चालन हुनेछ।
प्रतियोगितामा नेपालका १३ र भारतका ३ टोली गरी कुल १६ टोली सहभागी हुने प्रतियोगिता संयोजक नन्दन श्रेष्ठले जानकारी दिए।
