सुनचाँदीमा मूल्य वृद्धि

काठमाडाैं । आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ। गत शुक्रबार घटेको सुनको मूल्य आज पुनः उल्लेख्य रूपमा बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार सुनको मूल्य प्रतितोलामा २ हजार ७ सय रुपैयाँले बढेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको तुलनामा ५० रुपैयाँले बढी हो। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।