काठमाडौं । दुगड अर्थमुभर्स प्रालि ले टाटा हिटाची कन्स्ट्रक्सन मेसिनरी कम्पनी लिमिटेड सँगको सहकार्यमा काठमाडौंमा ‘हाइड्रो पावर कस्टमर मिट’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा नेपालका विभिन्न जलविद्युत् परियोजना सञ्चालक, ठेकेदार तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा हाइड्रो परियोजनामा प्रयोग हुने मेसिनहरूको विश्वसनीयता, कार्यक्षमता र दिगोपनमा विशेष जोड दिइएको आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन गर्दै एमभी दुगड समूहका अध्यक्ष मोतीलाल दुगड ले नेपालको जलविद्युत् विकासमा दिगो सहकार्य अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले हाइड्रोपावर परियोजनाका लागि भरपर्दो र टिकाउ मेसिनरी उपकरण आवश्यक पर्नेमा जोड दिए।
समूहका कार्यकारी निर्देशक शुभम दुगड ले समूहको व्यवसायिक गतिविधि र पूर्वाधार विकासमा पुर्याउँदै आएको योगदानबारे प्रस्तुति दिएका थिए।
प्राविधिक सत्रमा टाटा हिटाचीका एक्सपोर्ट हेड जयकारा काल्माडी ले कम्पनीको इतिहास र अन्तर्राष्ट्रिय उपलब्धिबारे जानकारी गराएका थिए। त्यस्तै सार्क कन्ट्री हेड सौरभ गुप्ता ले हाइड्रो परियोजनामा प्रयोग हुने एक्स्काभेटर र ब्याकहो लोडरका प्रकार, उपयोग र फाइदाबारे विस्तृत प्रस्तुति दिएका थिए।
व्यापार प्रमुख निरज सापकोटा ले कठिन भौगोलिक अवस्थाका हाइड्रो निर्माण कार्यका लागि उपयुक्त मेसिनहरूको विशेषता प्रस्तुत गर्दै टाटा हिटाचीका उपकरणहरू उच्च विश्वसनीयता र टिकाउपनका कारण नेपालमा लोकप्रिय भएको बताए।
कार्यक्रममा सिनराई पावर ब्याकहो लोडर, EX 215 क्वारी एक्स्काभेटर र ZX 220 LC अल्ट्रा एक्स्काभेटर जस्ता अत्याधुनिक मेसिनहरू प्रदर्शनमा राखिएको थियो। साथै, ग्राहकका लागि विशेष वारेन्टी योजना पनि उपलब्ध गराइएको जानकारी दिइएको छ।
यस कार्यक्रमले नेपालमा जलविद्युत् पूर्वाधार विकासका लागि प्राविधिक सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
