जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका निकायाले सरप्राइज चेकिङ गरेका छन्। आइतबार सार्वजनिक बिदाका दिन अनुमतिबिना चलाइएका सरकारी सवारी साधनहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार सुर्खेतका विभिन्न स्थानमा गरिएको चेकिङबाट एक दर्जन बढी सरकारी सवारी साधन नियन्त्रणमा परेका छन्।
यस्तै, दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ तल्लो कटकुवा क्षेत्रमा ट्राफिक प्रहरीले गरेको सरप्राइज चेकिङका क्रममा (लापसे) गरी सवारीसाधन चलाउने ११ जना र मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने २ जना गरी जम्मा १३ जनालाई कारबाही गरेको छ।
ट्राफिक प्रहरीले सडक सुरक्षालाई ध्यानमा राख्दै यस्ता चेकिङ अभियानलाई निरन्तरता दिने जनाएको छ।
