काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ ।
सुनको मूल्य घटेसँगै आज बजारमा छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो ठूलो गिरावट हो, जसले सुन खरिद गर्ने योजनामा रहेका उपभोक्ताहरूलाई ठूलो राहत दिएको छ ।
त्यस्तै, सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । महासंघका अनुसार आज चाँदीको मूल्यमा प्रतितोला ३० रुपैयाँले कमि आएको छ । आज चाँदी प्रतितोला ४ हजार ९१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
