बैंक ग्राहकलाई स्वास्थ्य सेवामा विशेष राहत

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरूलाई विभिन्न स्वास्थ्य सेवामा छुट उपलब्ध गराउने उद्देश्यले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर तथा कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एण्ड रिसर्च सेन्टरसँग सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार अब गरिमा विकास बैंकका ग्राहकहरूले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा सिटी स्क्यान, एक्सरे लगायतका स्वास्थ्य सेवामा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी, कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) मा बेड शुल्कमा १५ प्रतिशत तथा अन्य उपचार सेवामा १० प्रतिशतसम्म छुट पाइने व्यवस्था गरिएको छ। उक्त छुट सुविधा काठमाडौंको बसुन्धारा, सुन्दरबस्ती, सतुंगल लगायत पोखरा (कास्की), नारायणगढ र भरतपुर (चितवन) तथा बुटवल (रुपन्देही) स्थित शाखाहरूबाट पनि उपलब्ध हुनेछ।

बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ, डेबिट कार्ड वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा यी दुबै स्वास्थ्य संस्थाबाट सहज रूपमा छुट प्राप्त गर्न सक्नेछन्।

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।