काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ४८९ चालकलाई कारबाही गरेको छ। उक्त कारबाहीबाट राज्यकोषमा रु २२ लाख ७४ हजार ५०४ राजस्व सङ्कलन भएको छ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ४९, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने २५८, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १७० र तीव्र गतिमा सवारीसाधन चलाउने ११२ जनालाई कारबाही गरिएको छ।
यसैगरी, लेन अनुशासन पालना नगर्ने ३२५, निषेधित क्षेत्रमा हर्न बजाउने ६४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२१, तोकिएको स्थानबाहेक यात्रु चढाउने–ओराल्ने ६२ तथा अन्य विभिन्न नियम उल्लङ्घन गर्ने एक हजार ३२८ जनालाई पनि कारबाही गरिएको जनाएको छ।
ट्राफिक प्रहरीले सवारी अनुशासन कायम गर्न निगरानी थप कडा बनाएको र नियम पालना गर्न सबै चालकलाई आग्रह गरेको छ।
