सुनमा सामान्य गिरावट, चाँदीमा उकालो

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । अघिल्लो दिन तोलामा ३४ सय रुपैयाँले बढेको सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको रु २ लाख ९५ हजार १०० कायम गरिएको छ । अघिल्लो दिन सोही सुन प्रतितोला रु २ लाख ९६ हजार १०० मा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य भने तोलामा रु ६५ ले वृद्धि भएको छ । आज चाँदी प्रतितोला रु ५ हजार १० मा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु ४ हजार ९४५ मा कारोबार भएको थियो ।