लिपुलेक हुँदै कैलाश मानसरोबर जाने मार्गबारे भारतको सन्देश यस्तो आयो !

Nepal-Map.jpg नेपाल नक्सा

काठमाडौं । भारत ले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालनबारे नेपालले पठाएको कूटनीतिक नोटको जवाफ दिँदै उक्त मार्ग नयाँ नभई सन् १९५४ देखि प्रयोग हुँदै आएको पुरानै मार्ग भएको स्पष्ट पारेको छ।

भारतको विदेश मन्त्रालय का प्रवक्ता रन्धिर जैसवालले भारतको धारणा यस विषयमा सधैं स्पष्ट र स्थिर रहेको बताएका छन्। उनका अनुसार लिपुलेक पास हुँदै हुने कैलाश मानसरोवर यात्रा लामो समयदेखि निरन्तर सञ्चालनमा रहेको परम्परागत मार्ग हो।

भारतले नेपालले उठाउँदै आएको केही भू-भागसम्बन्धी दाबीलाई ऐतिहासिक तथ्य र प्रमाणसँग मेल नखाने भन्दै अस्वीकार गरेको छ। साथै सीमा विवादलगायत द्विपक्षीय विषयहरू संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्न तयार रहेको पनि भारतले जनाएको छ।

यसअघि नेपालको परराष्ट्र मन्त्रालय ले भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएर आफ्नो औपचारिक ध्यानाकर्षण गराएको थियो। भारतले भने नेपालबाट पत्र प्राप्त भएको केही घण्टामै आफ्नो धारणा सार्वजनिक गरेको हो।