काठमाडौं । स्यामसुङ नेपालले “ड्रीम्स टु पोजिबिलिटिज” नारासहित ‘स्यामसुङ रेमिट बेनिफिट क्याम्पेन’ नामक उपभोक्ता लक्षित विशेष अभियान सुरु गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको योगदानलाई सम्मान गर्दै उनीहरूले पठाएको रेमिट्यान्सलाई प्रविधि र जीवनस्तर सुधारतर्फ उपयोगी बनाउन यो अभियान ल्याइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार रेमिट्यान्स केवल आर्थिक कारोबार मात्र नभई विदेशमा काम गर्ने लाखौँ नेपालीको मेहनत, त्याग र भविष्यप्रतिको आशाको प्रतीक भएकाले यस अभियानमार्फत उनीहरूका परिवारलाई आधुनिक प्रविधिमा सहज पहुँच दिने उद्देश्य राखिएको हो।
अभियानअन्तर्गत योग्य उपभोक्ताले स्यामसुङका स्मार्टफोन, टेलिभिजन, रेफ्रिजरेटर र वाशिङ मेसिनमा अधिकतम ६ प्रतिशतसम्म क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन्। त्यस्तै नयाँ स्यामसुङ स्मार्टफोन खरिद गर्ने ग्राहकले एनसेलमार्फत १८० जीबीसम्म बोनस डाटा पाउने व्यवस्था गरिएको छ।
यसैगरी २४ महिनासम्मको ईएमआई सुविधा पनि उपलब्ध गराइएको छ, जसले उपभोक्तालाई मासिक आर्थिक भार कम गर्दै सहज किस्ताबन्दीमा उच्च गुणस्तरीय उपकरण खरिद गर्न सहयोग गर्नेछ।
अभियानलाई प्रभावकारी बनाउन स्यामसुङले आईएमई रेमिट, खल्ती, एनसेल, हुलास फाइनान्सिङ (एचएफएल), हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापार लिमिटेडसँग सहकार्य गरेको छ।
अभियानमा सहभागी हुन आईएमई रेमिटमार्फत पैसा प्राप्त गरेका उपभोक्ताले आधिकारिक स्यामसुङ स्टोरमा आईएमई कन्ट्रोल नम्बरसहित उपस्थित भई सेवा लिन सक्नेछन्। ग्राहकले आफ्नो आवश्यक उपकरण छनोट गरी एचएफएलमार्फत सरल ऋण प्रक्रिया प्रयोग गर्न सक्नेछन्। स्यामसुङ स्मार्टफोन खरिद गर्नेले एनसेल डाटा प्याकमार्फत १८० जीबी बोनस डाटा प्राप्त गर्ने र क्यासब्याक रकम खल्ती डिजिटल वालेटमार्फत उपलब्ध गराइने कम्पनीले जनाएको छ।
स्यामसुङ नेपालका एमएक्स व्यवसायका वरिष्ठ निर्देशक प्रनय रत्न स्थापितले वैदेशिक रोजगारीमा रहेका नेपालीको योगदानलाई सम्मान गर्दै प्रविधिलाई सहज र सुलभ बनाउने उद्देश्यले यो अभियान ल्याइएको बताए।
कम्पनीले रेमिट्यान्सलाई केवल आर्थिक सहयोग नभई परिवारको समृद्धि र प्रगतिको माध्यमका रूपमा उपयोग गर्न सकिने विश्वास व्यक्त गरेको छ।
