सिद्धार्थ इक्विटी फण्ड–२ इकाई बिक्री खुला

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतको नयाँ योजना “सिद्धार्थ इक्विटी फण्ड–२” को इकाई बिक्री आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ।

सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको यस फण्डको कुल १० करोड इकाईमध्ये ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा ल्याइएको हो।

लगानीकर्ताले प्रति इकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन ‘मेरो शेयर’ प्रणाली वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत दिन सकिनेछ।

उक्त इकाई खरिदका लागि आवेदन दिने अन्तिम मिति वैशाख २४ गतेसम्म तोकिएको छ। फण्डले लगानीकर्तालाई दीर्घकालीन लगानीको अवसर उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।