काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को जारी निर्वाचनअन्तर्गत एसोसियटतर्फ महिला केन्द्रीय सदस्य पदमा जुना माथेमा र अविज्ञा मल्ल निर्वाचित भएका छन्। उनीहरूले प्रतिस्पर्धी शोभा ज्ञवाली र जमुना पौडेल लाई पराजित गर्दै जित हासिल गरेका हुन्।
महासंघको नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनमा महिला प्रतिनिधित्वतर्फ भएको यो प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको थियो। निर्वाचन समितिले औपचारिक अन्तिम मतपरिणाम सार्वजनिक गर्न भने बाँकी रहेको जनाएको छ।
