महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। एसियन गेम्स महिला क्वालिफायर र एसिसी उमन्स प्रिमियर कपको लागि घोषणा गरिएको टोलीमा ३ खेलाडी परिवर्तन गरिएको छ।

अनुभवी सीता राना मगरसँगै सोनी पाख्रिन र सिमाना केसीले राष्ट्रिय टिममा स्थान बनाउँदा रचना चौधरी, रोमा थापा र सुमन विष्ट बाहिरिएका छन्।

इन्दु बर्मा कप्तान र पूजा महतो उप कप्तानको भूमिकाम छन्। अन्य खेलाडीमा विन्दु रावल, सम्झना खड्का, रुबि पोद्दार, कविता कुँवर, कविता जोशी, रिया शर्मा, अनु कडायत, मनिषा उपाध्याय र रुबिना क्षेत्री छन्।

क्वालिफायर मे २३ देखि ३१ सम्म र प्रिमियर कप जुन १ देखि १३ सन्म हुनेछ। दुबै प्रतियोगिता मलेसियामा हुनेछ

नेपालले यसअघि रूवान्डा आइसिसी उमन्स टि ट्वान्टी आई च्यालेन्ज ट्रफी खेलेको थियो। जहाँ नेपाल दोस्रो भएको थियो।