काठमाडौं । उद्योग संगठन मोरंगका पूर्वअध्यक्ष युवा व्यवसायी सुयेश प्याकुरेल नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन्।
लामो समयदेखि उद्योग, व्यापार तथा निजी क्षेत्रको सुदृढीकरणमा सक्रिय भूमिका खेल्दै आएका प्याकुरेललाई दूरदर्शी सोच, इमानदारी र समर्पणका कारण व्यवसायिक समुदायले विश्वासिलो नेतृत्वका रूपमा हेर्ने गरेका छन्। उद्योग संगठन मोरङको नेतृत्व सम्हाल्दै उनले औद्योगिक विकास, उद्यमशीलता प्रवर्द्धन र निजी क्षेत्रका मुद्दालाई प्रभावकारी रूपमा उठाएका थिए।
उनको महासंघको कार्यकारिणी सदस्यमा आगमनसँगै नेपालको उद्योग तथा व्यवसायिक क्षेत्रको हितमा थप प्रभावकारी भूमिका निर्वाह हुने अपेक्षा गरिएको छ। निजी क्षेत्रका सरोकारवालाले उनको अनुभव, नेतृत्व क्षमता र स्पष्ट दृष्टिकोणले महासंघलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।