टर्किस एयरको जहाज रनवेबाट हटाएपछि त्रिभुवन विमानस्थलमा जहाज उडान(अवतरण सुरु भएको छ।
आज सोमबार बिहान पौने सातबजेतिर इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको त्प्ठद्दट जहाजको पाङ्ग्रामा आगो देखिएपछि विमानस्थल बन्द गरिएको थियो।
‘विमानस्थल बन्द हुँदा केही विमान डाइभर्ट भएका थिए, बिहान सवा ८ बजेदेखि विमानस्थल फेरि सूचारु भएकाले डाइभर्ट भएका विमानहरू फेरि अवतरण हुने क्रममा रहेको त्रिभुवन विमनस्थलले जनाएको छ ।
दमकलको सहायतामा आगो निभाइएको छ भने विमानलाई पनि रनवेबाट पार्किङमा लगिएको छ।
विमानमा सवार सबै यात्रु भने सकुशल रहेका छन् ।
ल्यान्ड गर्ने क्रममा राइटसाइडका ह्विलहरूमा आगलागी भएको हो। आगलागीको कारण खुलेको छैन।
विमानमा आगो लागेपछि सबै यात्रुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो। विमानमा चार जना बालबालिकासहित २७७ जना यात्रु सवार थिए।
उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोटपटक लागेको छ। रनवे बन्द हुँदा करिब डेढ घण्टा त्रिभुवन विमानस्थलमा विमान अवतरण र उडान रोकिएको थियो।
