साताको तेस्रो कारोबार दिन आज बुधबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३०.०४ अंकले बढेर २७७५.४८ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से ६.५१ अंकले घटेर २७२४.३९ मा पुगेर बन्द भएको थियो।
आजको कारोबारमा ३ सय ४६ कम्पनीको १ करोड लाख ६ लाख ६१ हजार ४ सय ७६ कित्ता शेयर ५२ हजार ३ सय ३६ पटक किनबेच हुँदा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९ सय ६६ रुपैयाँको कारोबार भएको छ।
आजको कारोबारमा सबैभन्दा धेरै अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड शेयरमूल्य १५ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको १८ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आजको कारोबारमा सबै उपसमूहको परिसूचक बढेको छ। होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा धेरै १.८९ प्रतिशत बढेको छ।
त्यस्तै बैंकिङ ०.७३, विकास बैंक ०.४४, फाइनान्स १.४०, लगानी १.१५, जीवन बीमा ०.९७, उत्पादन तथा प्रशोधन १.१५, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.४४, अन्य १.०९ तथा व्यापार १.५१ प्रतिशत बढेको छ।
