नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको सही सदुपयोग गर्न नसक्नु हो :मन्त्री तिमल्सिना

विक्रम तिमिल्सिना bikram

काठमाडौं । सञ्चारमन्त्री बिक्रम तिमल्सिनाले नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको अभाव नभई भएका सम्पदा र क्षमताको सही सदुपयोग गर्न नसक्नु रहेको बताए ।

सोमबार ‘एलिफेन्स अफ फग’ चलचित्र टिमलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले नेपालको मौलिक संस्कृति, विविधता, मौलिक पहिचान, विभिन्न आइडिटिन्टीहरु, प्रकृति र सांस्कृतिले हाम्रो देशलाई चिनाएको बताका हुन् ।

उनले भने, ‘नेपाल केही नभएर पछि परेको होइन । भएको कुराको सदुपयोग नभएर र त्यसको हामीले भ्यालु क्रिएट गर्न नसकेर ,त्यसको सदुपयोग गर्न नसकेर नेपाल पछि परेको हो । हाम्रो संस्कृति भित्रको विविधता, मौलिक पहिचान, विभिन्न आइडिटिन्टीहरु, प्रकृति र सांस्कृतिहरु छन् । हाम्रो देशको चिनाएको छ ।’

मन्त्री तिमल्सिनाले नेपाली कला र चलचित्र क्षेत्रका लागि अन्तर्राष्ट्रिय स्तरबाट आएको उपलब्धिलाई देशकै गौरव भएको बताएका छन् ।
उनले नेपाली फिल्म ‘एलिफेन्स अफ फग’ ले सम्मान प्राप्त गर्नु सम्पूर्ण नेपालीका लागि खुसीको विषय भएको बताए । बेस्ट सावन क्रियसनका तर्फ थप अवार्ड जितेर फर्किएको टोलीलाई बधाई दिए ।

‘१९ क्याज फिल्म फेस्टिभलको एतिहासनै ८० वर्ष भइसकेको र अन्तर्राष्ट्रिय निकै कम प्रतिष्ठित फिल्म फेस्टिभल मध्य एउटा एलिफेन्स अफ फग प्रप्त गरेकोमा सबै नेपाललाई बधाई दिन चाहान्छु । बेस्ट सावन क्रियसनका लागि पनि उहाँहरुले अर्के थप अवार्ड जितेर आएकोमा बधाई दिन्छु,’ उनले भने ।