पछिल्लो समय उतारचढावपूर्ण अवस्थाबाट गुज्रिएको सेयर बजार परिसूचक नेप्सेमा आज केही सुधार देखिएको छ।
साताको पहिलो कारोबार दिन आज सोमबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २७.८५ अंकले बढेर २७८६.३५ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से १६.३८ अंकले बढेर २७५८.४९ मा पुगेर बन्द भएको थियो।
नेप्से परिसूचक सँगै काराबारमा पनि सुधार भएको छ। आजको कारोबारमा ३ सय ४२ कम्पनीको १ करोड ४५ लाख ४० हजार २२ कित्ता शेयर ७५ हजार ८ सय ५६ पटक किनबेच हुँदा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार ६ सय रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ रुपैयाँको सेयर खरिदबिक्रि भएको थियो।
आजको कारोबारमा सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर ९ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको ६० करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आजको कारोबारमा म्युचुअल फण्ड बाहेक सबै उपसमूहको परिसूचक बढेको छ। जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा धेरै १.५० प्रतिशत बढेको छ।
यो हप्ता आउने नयाँ बजेटले पुँजी बजारका समस्यालाई सम्बोधन गर्दै लगानीकर्तालाई सुरक्षित वातावरणको ग्यारेन्टी गरेमा मात्र बजारले दिगो रूपमा सकारात्मक लय समात्ने आस लगानीकर्तामा देखिन्छ।
