काठमाडौं । टेलिटक प्रा.लि. ले पोको का लागि नयाँ आधिकारिक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। रमेेश कर्पोरेसन अन्तर्गत रहेको टेलिटकले सानोपामा रहेको रमेश कम्प्लेक्समा उक्त सेवा केन्द्र उद्घाटन गरेको हो।
नयाँ सेवा केन्द्रमार्फत पोको ब्रान्डका मोबाइल तथा अन्य उपकरणका लागि बिक्रीपछिको सेवा, प्राविधिक सहयोग तथा मर्मत सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
काठमाडौँको सानोपामा रणनीतिक रूपमा स्थापना गरिएको यो सेवा केन्द्रमा दक्ष प्राविधिक, आधुनिक परीक्षण प्रणाली तथा गुणस्तरीय स्पेयर पार्ट्सको व्यवस्था गरिएको छ। यसले ग्राहकलाई छिटो, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।
स्मार्टफोन र डिजिटल उपकरणको प्रयोग बढ्दै गएसँगै बिक्रीपछिको सेवाको आवश्यकता बढिरहेको भन्दै कम्पनीले यस्तो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो।
सेवा केन्द्रमार्फत उपकरण परीक्षण, सफ्टवेयर समस्या समाधान, वारेन्टी सेवा, मर्मत, मर्मतसम्बन्धी परामर्श लगायतका सेवा एकै स्थानमा उपलब्ध हुनेछ।
सेवा केन्द्रको समयावधि आइतबारदेखि शुक्रबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म रहनेछ। सम्पर्कका लागि +९७७–९८०२०५१०९३ र +९७७–९७०५०८३८०७ नम्बर उपलब्ध गराइएको छ।
सञ्जय अग्रवाल ले कम्पनीले छिटो, पारदर्शी र भरपर्दो ग्राहक सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताए। उनका अनुसार नेपालमा पोको प्रयोगकर्ताका लागि बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्नु कम्पनीको मुख्य लक्ष्य हो।
सानोपामा स्थापना गरिएको यो सेवा केन्द्रले काठमाडौँ उपत्यकाभरका ग्राहकलाई अझ सहज र प्रभावकारी सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
