सानिमा रिलायन्सको शिक्षामा साथ

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नयाँ बानेश्वरस्थित नेपाल वाल सेवा फाउन्डेसनमा आश्रित बालबालिकाहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

विभिन्न जिल्लाबाट आएका अनाथ तथा असहाय बालबालिकाको संरक्षण गर्दै आएको उक्त संस्थाले हाल ४५ जना बालबालिकाको पालनपोषण तथा शिक्षाको व्यवस्था गर्दै आएको छ ।

कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शाम्भवि स्कुलमा अध्ययनरत ८ जना बालबालिकाको वार्षिक शैक्षिक शुल्क वापत प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले कुल २ लाख ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मानव कल्याण तथा समाजहितका क्षेत्रमा निरन्तर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताएको छ । कम्पनीका अनुसार शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा योगदान पुर्‍याउने लक्ष्यसहित सामाजिक गतिविधि विस्तार गर्ने योजना रहेको छ ।

कम्पनीले यस्ता सामाजिक प्रयासमार्फत नाफामुखी व्यापारसँगै समाजहितलाई पनि समान रूपमा अगाडि बढाउने विश्वास लिएको जनाएको छ । आगामी दिनमा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी, समुदायमैत्री र दीर्घकालीन बनाइने कम्पनीको भनाइ छ ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रियामा सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको जनाएको छ ।

हाल कम्पनीले देशभर रहेका १६८ शाखा सञ्जालमार्फत सेवा प्रदान गरिरहेको छ । कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २५ अर्ब रुपैयाँभन्दा बढी लगानी परिचालन गरेको जनाएको छ । साथै, कम्पनीमा १७ हजारभन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् ।