प्रहरीमा बढुवाको नयाँ सूची सार्वजनिक

  • Clock icon
    २०८३ जेष्ठ १५, शुक्रबार

काठमाडौँ। Nepal Police अन्तर्गत जनपद तथा प्राविधिक समूहमा कार्यरत १३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

प्रहरी प्रधान कार्यालयअन्तर्गत बढुवा समितिको सचिवालयले बुधबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो। प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) बमोजिम नामावली प्रकाशन गरिएको जनाइएको छ।

जनपद समूहतर्फ ध्रुव कुमार श्रेष्ठ लाई एसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ। उनी हाल कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर मोरङको बजेट शाखामा कार्यरत छन्।

स्वास्थ्य उपसमूह (चिकित्सक) तर्फ ९ जना डीएसपीलाई एसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ। सिफारिस सूचीमा डा. शोभा वाग्ले, डा. सरोज सिंह, डा. विकल श्रेष्ठ, डा. बोध बिक्रम कार्की, डा. निर्मल घिमिरे, डा. नमन लामिछाने, डा. दिपा चुडाल, डा. सुवास थापा तथा डा. भवानी गुरुङ रहेका छन्।

त्यसैगरी, इन्जिनियरिङ उपसमूह (कम्प्युटर) तर्फ ३ जना डीएसपीलाई एसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ। सिफारिस सूचीमा ई. रामकुमार बस्नेत, सुनिल कुमार वरनवाल तथा राजन महर्जन परेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रकाशित बढुवा सिफारिस सूचीउपर नियमानुसार उजुरी दिन सकिने व्यवस्था पनि गरिएको छ।

  • Clock icon
    २०८३ जेष्ठ १५, शुक्रबार