विद्यार्थीलाई १२ सक्ने बित्तिकै एनओसी दिन रोक्नुपर्छ : शिक्षामन्त्री रघुजी पन्त

रघुजी पन्त raghuji panta

शिक्षामन्त्री रधुजी पन्तले विद्यार्थीलाई कक्षा १२ पास गर्ने बित्तिकै एनओसी अर्थात बिदेश जान दिने व्यवस्था रोक्नुपर्ने बताउनुभएको छ ।

आज शनिबार एक सार्वजनिक कार्यक्रममा उहाँले नेपालको पढेलेखेका वर्ग दिनानुदिन कम हुँदै गएपछि यस्तो भएको बताउँदै त्यसमाथि चिकित्सा क्षेत्रमा यस्तो समस्या व्याप्त रहेको जनाउनुभएको हो ।