सिद्धार्थ बैंक लिमिटेड र लोमस डिजिटल प्रा ली बीच बैंकका ग्राहकलाई वर्लपुल प्रडक्स्ट बीचन एड प्रडक्समा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ सम्झौता अनुसार बैंकका ग्राहकहरुले उत्तरढोका, काठमाण्डौं स्थित लोमस डिजिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने छन् । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । सिद्धार्थ बैंकले ग्राहकहरुको सहजताका लागि यस्ता विभिन्न कार्यहरू गर्दै आएको छ यसका साथै डिजिटल माध्यमका कार्यहरूमा पनि बैंक अग्रसर हुँदै आइरहेको छ ।