रोयल्टी नतिर्ने १०३ वटा संस्थाविरूद्ध सङ्गीत रोयल्टी समाज नेपालद्धारा प्रहरीमा जाहेरी

सङ्गीत रोयल्टी समाज नेपालले रोयल्टी नतिर्ने देशभरका १०३ वटा संस्थाविरुद्ध प्रहरीमा जाहेरी दिएको छ ।

पटक–पटक पत्राचार गर्दा पनि रोयल्टी तिर्नआनाकानी गर्दै आएका ती संस्थालाई समाजले कारबाहीका लागि सिफारिससहित जाहेरी दिएको हो ।

स्रष्टा–सर्जकको बौद्धिक सम्पत्तिलाई प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा ३ ले संरक्षण गरेको छ । सोही ऐनको, २०५९ को दफा २५ को (क) बमोजिम संरक्षित बौद्धिक सम्पत्तिको अनुमतिबिना प्रयोग गर्न पाइने छैन भन्ने उल्लेख छ ।

सोही अनुसार कारबाहीका लागि सिफारिस गरिएको हो ।