सर्केगाड गाउँपालिका -३ को उनापानी गाउँमा आगलागी भएको छ । आगलागी हुदाँ ८ घर जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
आगलागी बाट सर्केगाड गाउँपालिका(३ का ३७ का बिर्ख रावत, ४७ वर्षकी बाटुली फडेरा, ४३ वर्षका लाल कुवार फडेरा, ४४ वर्षका पाले फडेरा, ४३ वर्षकी आशा फडेरा, २९ वर्षका बिरजन फडेरा, ४२ का धनबहादुर रावतको घर जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
हालसम्म मानवीय तथा पशु चौपाय क्षति नभएको र स्थानीयवासी र प्रहरीहको सहयोगमा आगो निभाउने काम भइरहेको छ ।
आगलागी हुदाँ ५ वटा घरको झ्याल र ढोका फुटाई सामान निकाली थप क्षति हुनबाट बचाइएको प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।