सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । नेपाल बिमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेका साथै उपनिर्देशक पदमप्रसाद सोडारीले कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ग्राहकको सम्पत्ति र आयको स्रोतको विवरण राख्ने, ग्राहक पहिचान फारमलाई अद्यावधिक राख्ने, गैरकानुनी कमाइ र आतंककारी कार्यबाट संकलित कालो धनलाई बिमाका माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रक्रिया के–के हुन्, रिपोर्टिङ कसरी गर्नेलगायत विषयमा विस्तृत जानकारी दिइएको थियो ।
कम्पनीले नियमित अवधिमा यस कार्यक्रम सञ्चालन गर्दै आएको छ । पछिल्लो समय हरेक क्रियाकलापमा सिटिजन लाईफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ ।