विश्व टेस्ट च्याम्पियनसिप २०२७-२९ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० ले केही परिवर्तन गर्ने भएको छ। आइसिसीले यो चक्रमा साना राष्ट्रका लागि चार दिने टेस्ट खेलाउने तयारी गरेको छ।
भारत, अस्ट्रेलिया र इङ्ल्यान्डले भने एकअर्काविरुद्ध परम्परागत पाँच दिने टेस्ट खेल पाउने छन् ।
आइसिसीले पहिलो पटक सन् २०१७ मा द्विपक्षीय खेलका लागि चार दिने टेस्टलाई अनुमती दिएको थियो । २०१९ र २०२३ मा आयरल्यान्ड तथा गत महिला जिम्बावेविरुद्ध चार खेलको टेस्ट शृंखला खेलेको थियो ।
समय र लागतको कारणले गर्दा धेरै साना राष्ट्रले टेस्ट आयोजना गर्न इच्छा देखाउने गरेका छैनन् । तर, चार दिने टेस्ट हुँदा तीन हप्ताभन्दा कम समयमा तीन टेस्ट खेलको सम्पूर्ण शृंखला खेल्न सकिने आइसिसीले जनाएको छ।
टेस्ट च्याम्पियनसिप २०२५-२७ को चक्र भने पुरानै ढाँचा अनुसार खेलाइने छ ।