नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ।
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै साविककै आकार तथा रंगमा १० रुपैयाँ दरको नयाँ नोट असार २ गते सोमबारदेखि प्रचलनमा ल्याइएको जानकारी दिएको हो।
बाँयातर्फ सगरमाथाको चित्र र दायँतर्फ लालीगुराँसको पानी छाप रहेको नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहने राष्ट्र बैंकले जनाएको छ।