गार्डियन माइक्रो लाइफको सेयर रजिस्ट्रारमा हिमालयन इन्भेस्टमेन्ट बैंकर

guardian microlife

गार्डियन माइक्रो लाइफ इस्योरेन्सको सेयर रजिस्ट्रारमा हिमालयन इन्भेस्टमेन्ट बैंकर नियुक्त भएको छ । यससम्बन्धी सम्झौतामा हिमालयन इन्भेस्टमेन्टका सिइओ सुमेरशमशेर जबरा र गार्डियनका सिइओ चिरायु भण्डारीले सेयर रजिस्ट्रार परिवर्तनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

गार्डियनको सञ्चालक समितिको निर्णयअनुसार यस इन्स्योरेन्सको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज,नामसारी, रोक्का राख्नेलगायतका सम्पूर्ण कार्य गर्न हिमालयन इन्भेस्टमेन्ट बैंकरलाई सेयर रजिस्ट्रार नियुक्त भएको हो ।जसअनुसार सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य यही संस्थाले गर्नेछ