आँधीखोला नदी संरक्षण अभियान जिन्दाबाद : कलाकार खगेन्द्र लामिछाने

नदि संरक्षण अभियान जिन्दावाद !
‘यसो सोच्दा मलाई लाग्छ, हामी राक्षस पुस्ता हौँ !’
म सानो छँदा आँधिखोलामा पट्याँसो (नदि किनारको छिपछिपे पानी भएको ठाउँका ढुङ्गामा अझै ठूलो ढुङ्गो अथवा घनले हानेर माछा मार्ने तरिका) हानेर माछा माथ्यौँ । साथीभाई मिलेर किनारका झिंगटा बालेर माछा पोलेर खान्थ्यौँ । दिनभरी पौडी खेल्दै सेतो बालुवाको बगरमा ढाड र पेट सेकाउनुको मज्जा बेग्लै थियो । सिधै पिउन मिल्ने पानी बग्थ्यो आँधिखोलामा । हाम्रो बाजेहरुले त्यसलाई बिगारेनन त्यसैले हामी सानो छँदा आँधिखोलासँग खेल्न पायौँ, रमाउन पायौँ । ति दिनहरु साँच्चै नै अविश्मरणीय छन्
तर हामी पछिका पुस्ताले त्यो आँधिखोला अब कहिल्यै देख्न पाउँदैनन । किनकी आँधिखोला मात्र होइन देशका धेरै जसो नदिहरुबाट नदिजन्य पदार्थ हाम्रो पुस्ताले दोहन गरेको छ । यसो सोच्दा मलाई लाग्छ, हामी राक्षस पुस्ता हौँ ।
आँधिखोला अत्याधिक दोहन गरेर जसले जति पैसा कमाएको छ (चाहे ति पालिका हुन अथवा ठेकेदार) टाउकोमा अलिकति गिदी छ भने त्यो पैसा नदि दोहन नगरी कमाउन सकिन्छ ।
भावी पुस्ताले आँफुलाई नसरापोस भन्ने लाग्छ भने आउनुस् स्याङ्जाली राजनितिज्ञ, समाजसेवी, बुद्धिजिवी, ठेकेदार यो बिषयमा बहस गरौँ ।
अब लाजले पनि लाज मान्ने बेला भैसक्यो !
आँधिखोला संरक्षण अभियान जिन्दावाद !