युवा समाखुसी टिम २६ द्वारा सहिद स्मरण कार्यक्रम सम्पन्न

काठमाडौं । वीर सहिदहरूको त्याग, समर्पण र अमूल्य बलिदानको स्मरण गर्दै उहाँहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले युवा समाखुसी टिम २६ को आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा राष्ट्र र समाजको उज्ज्वल भविष्यका लागि जीवन उत्सर्ग गर्ने वीर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको योगदान र बलिदानलाई सदैव स्मरण तथा सम्मान गरिरहने प्रतिबद्धता व्यक्त गरिएको थियो। सहभागीहरूले सहिदहरूको बलिदान वर्तमान पुस्ताका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै उहाँहरूले देखाएको राष्ट्रप्रेम, साहस र समर्पणलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, सहभागिता र योगदान पुर्‍याउने सम्पूर्ण व्यक्ति तथा शुभेच्छुकहरूप्रति युवा समाखुसी टिम २६ ले हार्दिक आभार व्यक्त गरेको छ। सबैको एकता, सहकार्य र समर्पणकै कारण कार्यक्रम सफल भएको आयोजकले जनाएको छ।

कार्यक्रमको अन्त्यमा वीर सहिदहरूको आत्माको चिरशान्तिको कामना गर्दै उहाँहरूको बलिदानलाई कहिल्यै बिर्सन नहुने र पुस्तौँपुस्तासम्म सम्मान तथा स्मरण गरिरहने प्रतिबद्धता व्यक्त गरिएको थियो।