काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले आफ्ना सेयरधनीलाई २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार कम्पनीका सेयरधनीले कुल २१ दशमलव ०५ प्रतिशत लाभांश पाउनेछन्।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले ३५औँ वार्षिक साधारणसभा पनि आह्वान गरेको छ। साधारणसभा असोज १९ गते आयोजना हुने तय गरिएको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ५ गते एक दिन सेयर दाखिला बन्द गर्ने मिति तोकेको छ। यसअनुसार असोज ४ गतेसम्म कायम रहेका सेयरधनीले साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रस्तावित लाभांश कम्पनीको साधारणसभाबाट पारित भएपछि सम्बन्धित सेयरधनीलाई वितरण गरिनेछ।
