काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा विकास ढुंगाना नियुक्त भएका छन् ।
बैंकको भदौ २९ गते बसेको २५६औँ सञ्चालक समितिको बैठकले रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृत पदमा ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
पोखरा महानगरपालिका–५, कास्की निवासी ढुंगानालाई सञ्चालक समितिको निर्णयअनुसार बैंकको डीसीईओको जिम्मेवारी दिइएको बैंकले जनाएको छ । उनको नियुक्तिसँगै बैंकको व्यवस्थापकीय नेतृत्व थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
ग्रीन डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त पाँच जिल्लामा कार्यक्षेत्र रहेको विकास बैंक हो । बैंकको केन्द्रीय कार्यालय पोखराको नयाँबजारमा रहेको छ ।
ढुंगानाको नियुक्तिले बैंकको आगामी व्यवसाय विस्तार, सेवा प्रवाह र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।