शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले दर्शकबाट उत्साहजनक साथ पाएको छ।
चलचित्र प्रदर्शनका क्रममा फिल्म हलमै कलाकार र दर्शकबीच नाचगानसमेत भएको छ।
चलचित्र हेर्न पुगेका दर्शकले पर्दामा प्रस्तुत कथा र गीत–संगीतमा रमाउँदै कलाकारसँगै नाचगान गरेर उत्साह व्यक्त गरेका थिए । कलाकार र दर्शकको सहभागिताले हलको माहोल थप भव्य र उत्साहपूर्ण बनेको थियो ।
चलचित्र प्रदर्शनको सुरुवाती दिनमै दर्शकको सकारात्मक प्रतिक्रिया पाएपछि निर्माण पक्ष उत्साहित देखिएको छ।
