काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ हजार १८४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थाले आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो।
संस्थाले यसअघि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै ३५ दिने सूचना जारी गरेर उक्त सेयर खरिदका लागि आवेदन माग गरेको थियो। तोकिएको ३५ दिनको अवधिमा विद्यमान संस्थापक सेयरधनीबाट कुनै पनि लिखित आवेदन नपरेपछि संस्थाले सेयर अन्य व्यक्ति तथा कम्पनीले समेत खरिद गर्न सक्ने गरी बिक्री खुला गरेको हो।
अब कालिका लघुवित्तको संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित संस्थाको पोखरास्थित केन्द्रीय कार्यालयमा लिखित आवेदन पेश गर्नुपर्नेछ।
संस्थाका अनुसार आवेदन सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र केन्द्रीय कार्यालयमा बुझाइसक्नुपर्नेछ। तोकिएको प्रक्रिया पूरा गरी प्राप्त हुने आवेदनका आधारमा संस्थापक सेयर बिक्री गरिनेछ।
संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीले आवेदनसँगै आवश्यक विवरण र कागजातसमेत पेश गर्नुपर्नेछ।
यसअघि संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै बिक्री प्रक्रिया अघि बढाइएको भए पनि तोकिएको अवधिमा कुनै आवेदन नपरेपछि संस्थाले अब अन्य इच्छुक व्यक्ति तथा कम्पनीका लागि समेत सेयर खरिदको अवसर खुला गरेको हो।
