कांग्रेस उपसभापतिमा चौधरी, र भण्डारी अगाडि छन् भने महामन्त्रीमा को ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ।

मतगणनाको पछिल्लो विवरण अनुसार उपसभापतिमा चन्द्र भण्डारी अघि देखिएका छन्। काग्रेसको विधानमा खुला तर्फ उपसभापतिमा २ जना निर्वाचित हुने व्यवस्था छ।

त्यसैगरी उपसभापति समावेशीमा भने विनोद चौधरी अघि छन्।

त्यसैगरी महामन्त्री खुलामा प्रदीप पौडेल र अमरसिंह पुन मगर अघि छन्। महामन्त्री खुलाबाट जना निर्वाचित हुने व्यवस्था छ।

महामन्त्री महिलामा भने डिला संग्रौला पन्त अघि छन्।