विराटनगर । सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सञ्चालित सीजी डिजिटलले कोशी प्रदेशको राजधानी विराटनगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले आफ्नो रिटेल नेटवर्क विस्तार गर्ने क्रममा स्थापना गरेको उक्त शोरुमलाई नेपालकै सबैभन्दा ठूलो मल्टिब्रान्ड शोरुमका रूपमा प्रस्तुत गरेको छ।
शोरुमको भव्य उद्घाटन नेपाल चेम्बर अफ कमर्स, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले रिबन काटेर गरेका हुन्। नयाँ शोरुम सञ्चालनमा आएसँगै विराटनगर तथा आसपासका क्षेत्रका ग्राहकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका इलेक्ट्रोनिक्स र घरायसी उपकरण एउटै छानामुनि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
सीजी डिजिटलले आधुनिक प्रविधि, गुणस्तरीय उत्पादन र विश्वसनीय ग्राहक सेवामार्फत आफ्नो बजार विस्तार गर्दै आएको छ। कम्पनीका अनुसार हाल सीजी इलेक्ट्रोनिक्सको रिटेल नेटवर्कअन्तर्गत देशभर २८ वटा शोरुम सञ्चालनमा छन्। तीमध्ये २२ वटा सीजी डिजिटल र ६ वटा एलजी ब्रान्ड शप रहेका छन्।
एउटै छानामुनि विभिन्न ब्रान्डका उत्पादन
सीजी डिजिटलका शोरुममा एलजी, सीजी, सीजी मेरिडिया, टीसीएल, गोदरेज, मिडिया, क्रम्प्टन, बेको, सेन्सेई, केन्ट, एलिका, ब्ल्याक+डेकर, बर्ली र गुडम्यान्सलगायत ब्रान्डका उत्पादन उपलब्ध छन्।
ग्राहकले यहाँ टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ ओभनलगायत विभिन्न घरायसी उपकरण खरिद गर्न सक्नेछन्। यसका अतिरिक्त नथिङ, मोटोरोला र एआई प्लसजस्ता मोबाइल ब्रान्डका उत्पादनसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ।
नयाँ शोरुमले विराटनगर तथा आसपासका क्षेत्रका ग्राहकलाई विभिन्न ब्रान्डका उत्पादनको तुलना गर्न, नयाँ प्रविधिबारे जानकारी लिन र आफ्नो आवश्यकता तथा बजेटअनुसार सामान छनोट गर्न सहज बनाउने अपेक्षा कम्पनीको छ।
दशैँमा ३० प्रतिशतसम्म छुटदेखि मोबाइल जित्ने अवसरसम्म
नयाँ शोरुमको उद्घाटन तथा विजया दशमीको अवसर पारेर सीजी डिजिटलले ग्राहकका लागि विभिन्न छुट, उपहार र पुरस्कार योजना सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार Spin & Win योजनाअन्तर्गत ग्राहकले तत्काल ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। त्यस्तै, Bumper Lucky Draw योजनामा पाँचजना भाग्यशाली विजेताले मोबाइल फोन जित्ने अवसर पाउनेछन्।
यसैगरी, Sure Shot Gift योजनाअन्तर्गत प्रत्येक खरिदमा पक्का उपहार उपलब्ध गराउने कम्पनीले जनाएको छ। ग्राहकको आर्थिक सहजतालाई ध्यानमा राख्दै शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा तथा पुराना इलेक्ट्रोनिक्स र घरायसी उपकरण साटेर नयाँ उत्पादन खरिद गर्न सकिने एक्सचेन्ज सुविधा पनि ल्याइएको छ।
यी अफर लागू हुने नियम तथा सर्तअनुसार उपलब्ध हुने कम्पनीले स्पष्ट पारेको छ।
पूर्वी नेपालमा सेवा विस्तार गर्ने लक्ष्य
सीजी डिजिटलले विभिन्न ब्रान्डका उत्पादन एउटै स्थानमा उपलब्ध गराउँदै ग्राहकलाई सहज र विश्वसनीय किनमेल अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।
विराटनगरमा नयाँ शोरुम सञ्चालनसँगै पूर्वी नेपालका ग्राहकलाई आधुनिक इलेक्ट्रोनिक्स तथा घरायसी प्रविधिमा पहुँच विस्तार गर्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ। नयाँ शोरुमबाट ग्राहकले विभिन्न उत्पादनको छनोट, प्रविधिसम्बन्धी जानकारी तथा खरिदसम्बन्धी सेवा एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन्।
‘All Brands Under One Roof’ भन्ने अवधारणासहित अघि बढिरहेको सीजी डिजिटलले आफ्नो रिटेल सञ्जाल विस्तार गर्दै ग्राहकको बदलिँदो आवश्यकता सम्बोधन गर्ने लक्ष्य राखेको छ।
