महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स सीधै खातामा प्राप्त गर्न सकिने सुविधाको सुरुवात गरेको छ । यसअन्तर्गत ग्राहकले मोबाइल बंैकिङ एप महालक्ष्मी स्मार्ट साथीमार्फत रेमिट्यान्स खातामा प्राप्त गर्न सक्नेछन् ।
विदेशबाट पैसा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्ट र मनी ट्रान्सफर कन्ट्रोल नम्बर एपमा प्रविष्ट गरी रकम खातामा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । एक सयभन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीहरूबाट पठाइएको रकम सजिलै प्राप्त हुने बताइएको छ । यो सुविधासँगै अब ग्राहक रेमिट्यान्स काउन्टर वा पेमेन्ट एजेन्टकामा जानुपर्ने बाध्यताको अन्त्य हुने, लाइनमा बस्नुनपर्ने साथै समयको समेत बचत हुने बैंकको भनाइ छ ।
मोबाइल बैंकिङ एपमै एकीकृत गरी यस किसिमको विप्रेषण सेवा प्रदान गर्ने विकास बैंकहरूमा महालक्ष्मी पहिलो बैंक बनेको छ ।