दशैंको समापन आकाशदीपदान आरम्भ

  • Clock icon
    २०८३ कार्तिक १०, सोमबार

बडा दशैंको समापनसँगै आजबाट कार्तिक स्नान प्रारम्भ हुँदैछ । आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरेर राती जाग्राम बसेसँगै औपचारीक रुपमा बडा दशैंको समापन हुन्छ । आश्विन शुक्ल प्रतिपदाबाट शुरु भएको दुर्गा पक्ष आजका दिनबाट औपचारीक रुपमा अन्त भएको छ ।

आजका दिन सन्ध्याकालमा घरघरमा दिप प्रज्वलन गरेर जाग्राम बसे लक्ष्मी माता त्यो घरमा धनधान्य र ऐश्वर्यका साथ प्रवेश गर्ने धार्मिक मान्यता छ ।

लक्ष्मीपुजा भन्दा ठिक १५ दिनअघि यस आराधना गरिन्छ, यसरी दिप बनाँउदा बाँसको लामो लिंगोलाई त्यसको टुप्पामा कागज लगायतले बेरेर त्यहाँ बत्ति बाल्ने अनि ठड्याउने चलन छ । यी बत्तिहरु श्री हरिको समर्पणमा बालिन्छ ।

यसरी आकाशतर्फ ठड्याएर बालिएका बत्तिहरु हरेक घरका आँगनमा राखिन्छन्, यसरी नक्षत्रतर्फ ठड्याइएका बत्तिहरुका लस्करले समग्र गाँउनै दुधिलो प्रकाशमा रंगीएको देखिन्छ । यि बत्तिहरुलाई आकाशेबत्ति भनिन्छ ।

आजका दिन आकाशेदीप प्रज्वलन गरिने दिन पनि हो, यस पूर्णिमालाई कौमुदी पूर्णिमा भनिन्छ, यसरी दुधिलो प्रकाश मुनी बसेर जुवातास खेल्ने चलन पनि आजको दिन प्राचिन कालबाटै शुरु भएको मानिन्छ ।