नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ।
तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित कतिपय विदेशी मुद्राको मूल्य भने बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ११ पैसा थियो।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरो एकको खरिददर १५९ रुपैयाँ ३६ र बिक्रीदर १६० रुपैयाँ ०५ पैसा छ। हिजो युरो एकको खरिददर १५८ रुपैयाँ ७९ र बिक्रीदर १५९ रुपैयाँ ४८ पैसा थियो।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७३ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ २९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ०९ पैसा थियो।
त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४० पैसा र बिक्रीदर ८९ रुपैयाँ ७९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७५ पैसा थियो।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४५० रुपैयाँ ९२ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४५४ रुपैयाँ ०२ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६१ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७० पैसा थियो।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            