पशुपति क्षेत्र विकास कोषका कर्मचारी र वरपरका स्थानीय आन्दोलित भएका छन् ।
कर्मचारीले कोषको परिसर र स्थानीयले गेटबाहिर धर्ना थालेका हुन् । कोषको विभिन्न शाखा–महाशाखामा कार्यरत रकमी, करार तथा दैनिक ज्यालादारी कर्मचारीहरुले आफूहरुलाई स्थायी गर्नुपर्ने माग गर्दै केही दिनयता आन्दोलन गरिरहेका छन् ।
आजपनि उनीहरुले धर्नालाई निरन्तरता दिएका हुन् । यता, तिलंगगा क्षेत्रबाट हटाइएका बासिन्दा पनि धर्ना बसेका छन् ।
कोषसँगको सम्झौताविपरीत आफूहरुलाई हटाइएको उनीहरुको आरोप छ । २०७१ सालमा गुरुयोजना लागू गर्दा तिलंगगा क्षेत्रसमेत समेटिएको थियो । त्यसबेला कोषसँग सट्टाभर्नाको सम्झौता भएको थियो ।
पशुपति वरपर र वनकाली क्षेत्रका बासिन्दालाई जग्गा उपलब्ध गराइएपनि आफूहरुलाई सुकुम्बासी सूचीमा राखिएको उनीहरुको भनाइ छ ।
आफूहरु सुकुम्बासी नभई लालपुर्जासहितको जग्गाधनी भएको बताउँदै आएका स्थानीयले जग्गा सट्टाभर्नाबमोजिमको जग्गा उपलब्ध गराउन माग गरेका छन् ।
