नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा काठमाण्डौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९.३ ओभरमा ११५ रनमा अलआउट भयो ।
काठमान्डुलाई सस्तोमै समेट्न बलिङमा जनकपुरका आइकोनिक प्लेयर राहुल यादवले उत्कृष्ट प्रदर्शन गरे । राहुलले ४ ओभरमा ३१ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए ।
ब्याटिङमा काठमान्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा चार चौका प्रहार गरे । ६ रन जोड्दा ओपनर साम हिजलेटलाई गुमाएको काठमान्डुले १९ रन जोड्दा हरिशंकर शाहलाई गुमाउन पुग्यो । साम एक र हरिशंकर ९ रनमा पभेलियन फर्किए । त्यसपछि पनि काठमान्डुले लगातार विकेट गुमाउँदै गयो । रसिद खान १७, स्मित पटेल १३ सुमित महर्जन १०, कप्तान करण केसी ८, जहानदाद खान ५ रनमा आउट भए । रिपोन मोन्डल ९ रनमा आउट हुँदा शाहव आलम ४ रनमा अविजित रहे ।
जनकपुर दोस्रो खेल खेल्दैछ भने काठमाडौं पहिलो खेल खेलिरहेको हो । जनकपुर यसअघि कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।
