कप्तान सोमपाल कामीको अलराउण्ड प्रर्दशनमा विराटनगर किंग्सलाई पराजित गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को लगातार दोस्रो जित दर्ता गरेको छ।
आज बिहीबारको दोस्रो खेलमा कर्णालीले विराटनगरलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो।
विराटनगरले दिएको १ सय ८७ रनको विशाल लक्ष्य कर्णालीले । ।बल अगावै भेट्टायो। कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रनले हराएको थियो।
विराटनगरले भने एनपीएलमा लगातार दोस्रो हार व्यहोरेको हो। विराटनगर पहिलो खेलमा चितवनसँग ८ रनले पराजित भएको थियो।
छैटौँ विकेटका लागि सोमपाल कामी र पवन सर्राफले ६६ रनको साझेदारी गर्दै कर्णालीको जितको आधार तयार पारेका थिए।
पवन २८ बलमा १ चौका र ३ छक्का सहयोगमा ३६ रन बनाउँदा प्रतिश जि.सी.को बलमा क्याच आउट भए।

